
अर्थमन्त्रीलाई सिएनआई अध्यक्षले भने-आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले तत्काल कर प्रणालीमा सुधार आवश्यक रहेको सुनाएका छन् । उनले परिसंघद्धारा बुधबार आयोजित ‘राजश्व प्रणालीमा सुधार, सार्वजनिक निजी संवाद’ कार्यक्रममा त्यस्तो सुनाएका हुन्।
यता, देशको अर्थतन्त्र चुनौतीपूर्ण मोडमा पुगेको उल्लेख गर्दै उनले कर नीतिको स्थायित्व हुनुपर्ने पक्षमा उभिदै उनले हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम धेरे मात्रामा थुप्रिएर बसेको तै पनि बजारमा माग घटेकाले उद्योगहरू न्यून क्षमतामा सञ्चालनमा रहेका छन्।
त्यस्तै,ब्याजदर एकल अङ्कमा छ, मुद्रास्फीति न्यून बिन्दुमा हुँदा पनि माग कमजोर हुँदा पैसा बैंकमा निष्क्रिय भएर बसेको उनले सुनाए।
साथै, बैंकमा पैसा निष्क्रिय भएर बस्नु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको, सरकारको राजश्व संकलनमा समेत प्रतिकुल प्रभाव पर्न गएको धारणा व्यक्त गरेका छन्।
हाल लगानी अभिवृद्धि नगरी आर्थिक सूचकहरू सुधार्न नसकिने उल्लेख गर्दै उनले कर प्रणालीले नै लगानीकर्ताको निर्णयमा प्रभाव पार्ने बताए । स्वदेशी मात्र नभई विदेशी लगानीकर्ताले पनि कर नीति हेरेर लगानी गर्ने उनको भनाई छ । नीति स्थिर नभए लगानी नबढ्ने भएकाले नीतिगत स्थायित्वमा लागि उनले जोड दिए भने मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ भन्दै बैंकहरुमा लगानीयोग्य रकम रहेको, ब्याज एकल बिन्दुमा रहेको सुनाए ।
त्यसरी नै समग्र बजारमा माग बढ्न नसकेको बेलामा मागमा वृद्धि आउन नसकेको उनको भनाई छ ।
यस्तो बेलामा उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेकादेखि मूल्यवृद्धि न्यून बिन्दुमा रहेको तथा पैसा निष्क्रिय बस्नु भनेको अर्थतन्त्रको लागि राम्रो संकेत होइन भन्ने बताइयो।
अन्तिममा जबसम्म लगानी बढाउन सकिँदैन, उल्लेखित विषयहरूमा सुधार गर्न गाह्रो पर्छ भन्दै उनले लगानी अभिवृद्धि गराउन कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको जानकारी दिए ।
वर्तमान सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले पनि कर सुधारलाई महत्त्व दिएको बताउँदै आर्थिक सुधारको लागि विगतमा धेरै आयोग बने पनि उच्चस्तरीय आयोगको सुझाव कार्यान्वयनमा भने सरकारले निकै महत्त्व दिएको उनको बुझाई छ।
हाल आयोगले दिएको सुझाव कार्यान्वयन लागि गठित आर्थिक सुधार कार्यान्वयन कार्य योजना २०८२ ले दिएको सुझावमा पनि कर प्रणालीको सुधारमा जोड दिएको उनले सुनाएका हुन् ।

