
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनु पर्ने पक्षमा एक अदालतको फैसला

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री समेत रहेकी शेख हसिना वाजेदलाई मृत्युदण्डको फैसला सुनाइएको खबरले आज चर्चा कमाएको छ।
उनलाई आज बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइब्युनलले नै मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको अवस्था छ।
त्यस्तो सजाय सुनाउनुको पछाडी उनलाई गएको साल प्रदर्शनमाथि सरकारद्वारा हिंसात्मक दमन गराईएका कारण मानवअधिकारविरुद्धको अपराध किटान गरिएको छ ।
७८ वर्षीया फरार राजनीतिज्ञलाई गत वर्षको सामूहिक प्रदर्शन दमनका “मुख्य योजनाकार र प्रमुख वास्तुकार” को आरोप लागेको र गैरहाजिरमै मुद्दा चलाइँएको बेलामा त्यस्तो प्रदर्शनमा १४ सय मानिसले ज्यान गुमाएका थिए । सन् २०२४ को विद्रोहले १५ वर्ष लामो हासिनाको “सर्वसत्तावादी” शासनको अन्त्य गर्यो, जसमा असन्तुष्टिको दमन, न्यायबाहिरका गिरफ्तारी तथा हत्या जस्ता आरोपहरू लगाइएका थिए भने आफ्नो हातबाट शासन फुत्किए लगत्तै उनले निर्वास जीवन बिताइरहेको अवस्था छ ।


