
वायुसेवा निगमको महाप्रबन्धकमा दरखास्त आव्हान

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदको पदपूर्तिको लागि दरखास्त आव्हान गरेको छ । निगमले आज दरखास्त आह्वान गरेको हो ।
निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले १५ दिन समय दिएर दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरवारमा आवेदन दिन सक्नेछन् ।
आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा रहेको छनोट समितिले जनाएको छ ।


