
सेयर बजारमा सामान्य सुधार

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजारमा सामान्य सुधार आएपनि कारोबार रकममा भने सुधार आउन सकेन ।
बजार मापन गर्ने सूचक ३.२१ अंकले बढेर परिसूचक २५६५.१६ बिन्दु कामय भएको छ । ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार ११० रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा वाणिज्य बैंक, जलविद्युत कम्पनी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीबन बीमा र ट्रेडिङ समूहको उपसूचक बढेको छ । बाँकी समूहको उपसूचक भने घटेको छ ।
कारोबारमा १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको घटेको छ ।


