
साहस ऊर्जाको लाभांश र हकप्रद शेयर घोषणा

काठमाडौं । साहस ऊर्जा लिमिटेडको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश बाँड्ने र हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ।
कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र १.१०५३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो।
त्यसैगरी गत वर्षको कात्तिक ४ गते बसेको साधारणसभाले तत्काल कायम रहेको शेयरमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेकोमा त्यसलाई संशोधन गरी बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय पनि भएको छ।


