
राताम्य पुँजी बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ मा पुगेको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ५.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२१ अंक घटेको छ।
आइतबार ३ सय २३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज २८ कम्पनीको सेयर बढ्दा २२२ कम्पनीको सेयर घटेकोे छ भने १ कम्पनीका स्थिर रहेको छ ।
आज युनियन हाइड्रोपावर र नेपाल रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । आज युनियन हाइड्रोपावरको २७ करोड ७६ लाख ७३ हजार रुपैयाँ कारोबार भएको छ भने कम्पनीकोे सेयर प्रतिकित्ता मूल्य ५ सय २५ रुपैयाँ रहेको छ। त्यसैगरी, नेपाल रि इन्स्योरेन्सको २३ करोड ५३ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ सय ३६७ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेका छ भने उन्नति सहकार्य लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ।


