
शिव श्री हाइड्रोपावरको अवितरित शेयर बिक्री खुला

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडको अवितरित सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा आएको छ।
कम्पनीले भदौ १९ देखि असोज २३ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको सो शेयर अब विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत सबैले किन्न पाउने गरी लिलाममा राखेको हो।
कम्पनीले शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। यसमा आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने कुनै संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। कात्तिक २७ गते बिहीबार दिउँसो ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।
यस्तो बोलपत्र डिल्लीबजारस्थित (बिक्री प्रबन्धक) सिटिजन्स क्यापिटल लिमिटेड र सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखा कार्यालयमा पाइँनेछ।


