
पोखरा सहकारी प्रकरणः ८८ करोड ७० लाख हिनामिनामा अध्यक्षसहित ७ जना पक्राउ

पोखरा सहकारीको प्रकरणः ८८ करोड ७० लाख हिनामिनामा अध्यक्षसहित ७ जना पक्राउ
काठमाडौं । पोख
राको पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणका ७ जना पक्राउ परेका छन् । सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिना प्रकरणमा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा अध्यक्ष सुरेन्द्रबहादुर गोदार, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी सदस्य दोर्जे तामाङ, व्यवस्थापक भिष्मप्रसाद गुरुङ, मार्केटिङ प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव तथा हाल सदस्य रहेका इन्द्रप्रसाद द्धा पक्राउ परेका हुन् । उनीहरू पोखराकै विभिन्न ठाउँका हुन् ।
पक्राउ परेकाहरूमाथि प्रहरीले सहकारी ठगी कसुरमा अनुसन्धान थालेको कास्की प्रहरीका डीएसपी हरि बस्नेतले जानकारी दिए । बुधबार बिहान पक्राउ परेका उनीहरूलाई अदालतबाट थुनामा राखेर अनुसन्धान गर्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।


