
प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम सम्पन्न
प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले समय समयमा आयोजना गर्ने स्तरिय तालिमहरुले अभिकर्ता लिडरहरुको क्षमता अभिबृद्धिमा उल्लेख्य योगदान गर्ने र राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा अभिकर्ताहरुको पहिचान बनाउनमा महत्वपूर्ण सावित हुने बताउनु भयो । साथै उहाँले राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा भएका मनोरञ्जनात्मक साँझले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कम्पनीमा आवद्ध २ सय जना भन्दा बढि अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा बीमा विक्री कलाको क्षमता अभिबृद्धि तालिम, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो । द आर्ट अफ सेलिङ उपमाले परिचित अन्तराष्ट्रिय स्तरका ट्रेनर श्री अरनिको सिंहज्यूको बीमा विक्री कलाको क्षमता अभिबृद्धि तालिमले अभिकर्ता लिडरहरुमा उत्साह जगाएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार लोकप्रीय गायक श्री प्रमोद खरेलज्यू एवं परम्परा ब्याण्डको लाइभ सांगीतिक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।


