“गरिमा समृद्धि योजना” सार्वजनिक रुपमा निष्काशन गर्न धितोपत्र बोडको स्वीकृती
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा रु एक अर्ब बराबरको “गरिमा समृद्धि योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर ०५ गते स्वीकृती प्राप्त भएको छ ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति अनुसार अब छिट्टै नै सार्वजनिक रुपमा निष्काशन हुन लागेको गरिमा समृद्धि योजनाको संक्षिप्त जानकारी देहाय बमोजिम रहेको छ :
योजनाको नामगरिमा समृद्धि योजना
योजनाको प्रकारबन्दमुखी
योजनाको आकार रु. १,००,००,००,००० (एक अर्ब रुपैयाँ मात्र)
निष्काशन गर्न लागिएको इकाई संख्या १०,००,००,००० (दश करोड मात्र)
प्रति इकाई मूल्य रु. १० (अक्षरेपीः दश रुपैयाँ मात्र)
कुल निष्काशन मध्ये न्यूनतम बिक्री हुनुपर्ने इकाई संख्या ५,००,००,००० (पाँच करोड मात्र)
कुल निष्काशन मध्ये अधिकतम सकारिने इकाई संख्या १२,५०,००,००० (बाह्र करोड पचास लाख मात्र)
योजनाको अवधि १० वर्ष
योजना परिपक्व हुने मिति/अवधि योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्ष ।
सूचीकरण तथा दोस्रो बजार कारोवार व्यवस्थाइकाईहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत गरी कारोवारको व्यवस्था गरिनेछ ।
कोष प्रवद्र्धकको नाम र ठेगानागरिमा विकास बैंक लिमिटेड, लाजिम्पाट, काठमाडौँ ।
योजना व्यवस्थापक तथा डिपोजिटरीको नाम र ठेगानागरिमा क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँ ।
निष्काशन बिक्री प्रबन्धकको नाम र ठेगानाएनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँ ।
कोष सुपरिवेक्षकको नाम तथा ठेगाना
शंकर प्रसाद कोइराला, काठमाडौँ –०९, काठमाडौँ ।
बाबुराम रेग्मी, वालिङ–०२, स्याङ्जा ।
रामजी रेग्मी, टोखा–१०, काठमाडौँ ।
जलेश्वर पाण्डे, मध्यपुर थिमि–०१, भक्तपुर ।
अच्यूत राज जोशी, काठमाडौँ –०९, काठमाडौँ ।
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी० प्रवाह गर्दै आएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल भट्टराईले जानकारी दिए ।