ट्रस्ट माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकले गरे समझदारी
काठमाडौँ । लघु बीमा कम्पनी ट्रस्ट माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकले एक समझदारी सम्पन्न गरेका छन्। उनीहरुको सो समझदारी अनुसार बैंकका ग्राहकहरूलाई सेवामा सरलता र थोरै शुल्कमा बीमा सुविधा प्रदान हुने भएको हो ।
सोही सम्झौताका लागि कामना सेवा विकास बैंकका उप-महाप्रबन्धक हरी प्रसाद लाम्साल र ट्रस्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल ढुंगाना उपस्थित थिए ।
आगामी दिनमा लघु बीमाले जोखिम बहन गरेकै कारण आफ्नो व्यावसायमा पनि थप सुरक्षण मिल्ने बैंक पक्षले अपेक्षा गरेको छ ।