


माछापुच्छ्रे क्यापिटल र सुम्निमा हाइड्रोपावर बिच शेयर बिक्रीको सम्झौता




काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेड बिच सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न मिति २०८२/०७/०२ गतेका दिन सम्झौता पत्रमा हस्ताक्षर गरीएको हो ।
सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे« क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।
सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष आषिश सुवेदीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका भएर बग्ने पिखुवा खोलाको पानीको बहाव सदुपयोग गरी ४.९ मे.वा. क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आईरहेको छ ।