


वाणिज्य बैंकद्धारा साढे १६ अर्ब नाफा आर्जन गर्न सफल




काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकले साढे १६ अर्ब रुपैयाँ बराबर नाफा आर्जन गरेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । यस्तो बेलामा चालु आर्थिक वर्षको भदौ मसान्तसम्म वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाउन सफल भएका देखिन्छ।
सोही अवधिमा समेत धेरै नाफा भएको बैंकमा ग्लोबल आइएमई बैंक परेको छ । सोही बैंकले चालु आवको दुई वर्षमा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा आर्जन गर्ने सूचीमा नबिल बैंक विगतदेखि नै पर्दै आएको छ। यस बैंकले चालु आवको दोस्रो महिनासम्म आउँदा १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो।
समिक्षा अवधिमा सबैभन्दा धेरै आर्जन गर्ने तेस्रो बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । सोही बैंकले चालु आवको दोस्रो महिनासम्म आउँदा १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो। यसैगरी, एक अर्बभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंकहरु कुमारी बैंक, प्राइम कमर्सियल बैंक र एनएमबि बैंक रहेको तथ्यांकमा देखिन्छ।
साथै, ९० करोडमाथि नाफा कमाउन सफल बैंक लक्ष्मी बैंक र एभरेष्ट बैंक रहेको बेलामा सोही अवधिसम्म आउँदा ८० करोड माथि नाफा कमाउने बैंक राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक रहेको देखिन्छ ।
त्यस्तै, सानिमा बैंकको नाफा ७० करोड रुपैयाँ माथि रहेको बेलामा प्रभु बैंकको नाफा ६० करोड रुपैयाँभन्दा माथि रहेको छ । कृषि विकास बैंक, सिजिटन्स बैंक र स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा ५० करोड रुपैयाँ माथि रहेको बेलामा एनआईसी एसिया बैंक र माछापुच्छ्रे बैंकको नाफा ४० करोड रुपैयाँ माथि छ भने हिमालयन बैंक र नेपाल एसबिआई बैंकको नाफा ३० करोड रुपैयाँभन्दा माथि रहेको तथ्यांकमा देखिएको हो।