


१४ वाणिज्य बैंकहरूले घटाए ब्याजदर




काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
कात्तिक महिनाको लागि वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेप तर्फका लागि औसत ०.२६ प्रतिशत ब्याजदर घटाएका छन् । भदौ महिनामा ५.४६ प्रतिशत विन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर, कात्तिकमा ५.२० प्रतिशत विन्दुमा झरेको हो।
हाल सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन् । वाणिज्य बैंकको संस्थागततर्फको ब्याजदर औसतमा ०.२२ प्रतिशत घटेको छ ।
कुन बैंकको ब्याजदर कति ?
कात्तिक महिनाको लागि प्रभु बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एभरेष्ट बैंकले पनि व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५ र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.२५ र संस्थागततर्फ अधिकतम ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो।
नबिल बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ ३.९२ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर दिएको थियो ।
सानिमा बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१४ प्रतिशत र संस्थागततर्फ ३.४ प्रतिशत ब्याजदर कायम गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
यसैगरी, एनआईसी एसिया बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर दिएको थियो ।
यसैगरी, सिटिजन्स इन्टरनेसनल बैंकले कात्तिक महिनाका व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर दिएको थियो ।
प्राइम कमर्सियल बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल एसबीआई बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.१८ प्रतिशत र संस्थागततर्फ ४.१८ प्रतिशत ब्याजदर दिएको थियो ।
माछापुच्छ्रे बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
एनएमबी बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । असोज महिनाका लागि बैंकले अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर दिएको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका व्यक्तिगततर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.१८ प्रतिशत ब्याज दिएको थियो ।
लक्ष्मी सनराइज बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपतर्फको स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।
माछापुच्छ्रे बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
कृषि विकास बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजको व्यवस्था गरेको थियो ।
स्थिर ब्याजदर राख्ने बैंक
नेपाल बैंकले कात्तिक महिनाको लागि ब्याजदर स्थिर राखेको छ । यसैगरी, ग्लोबल आइएमई बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
कुमारी बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
यसैगरी, हिमालयन बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर दिएको थियो ।
सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.५ र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागतको ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।