


स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश घोषणा




काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
बैंकको आज बिहान सवा ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई काल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
बैंकको यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकले अब गर्ने साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीहरूमा वितरण हुनेछ।