


कामना सेवा विकास बैंककोवार्षिक साधारण सभा सम्पन्न




काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बसेको सभा काठमाडौंको लिसारा रिसेप्सन, नक्सालमा सम्पन्न भएको हो ।
वार्षिक साधारण सभाले १० प्रतिशत बोनश शेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ ।
साथै, उक्त साधारण सभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०८१र८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत वित्तिय विवरणसँग सम्वन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।
त्यसै गरी सभाबाट आगामी चार वर्षको लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
उक्त साधारण सभाले आ.व. २०८२–८३ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।