असोज मसान्तसम्म १ लाख १० हजारले लिए श्रम स्वीकृती
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको विभिन्न तथ्यांकहरु सार्वजनिक गरेको छ । राष्ट्र बैकले प्रकाश गरेको सो तथ्यांक अनुसार एक लाख १० हजार ६ सय जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिएका हुन् ।
सो संख्या व्यक्ती र संस्थातर्फको नयाँ भए पनि पुनः श्रम स्वीकृति लिनेहरु भने ५९ हजार ९३९ पुगेको छ ।
त्यस्तै, विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले बढेको बेलामा विप्रेषण आप्रवाह पनि बढेर ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँमा उक्लिएको छ।
हाल अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको बेलामा खुद द्वितीय आय ४ खर्ब ४२ अर्ब ४४ करोड रहेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।