
मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक सेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल बैंकका संस्थापक सेयरधनीहरूले मात्रै किन्न सक्नेछन् । सेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको शेयर संख्या र सोको रकम समेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा निवेदन दिनु पर्नेछ । साथै तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

