


नेपाल बीमा प्राधिकरणमा अध्यक्ष फालाफाल : बीमा चेतनामा सधैं कमी




सैलुनमा कैची चल्नै पर्छ तर कैंचीले केस मिलाओस्, व्यक्तीलाई थप सुन्दर बनाओस् नकि व्यक्तीरुपी कुनै पनि संस्थाहरुलाई ठुटे नबनाओस्, कुरुप नबनाओस् ।
काठमाडौं । पछिल्लो केही समय यता हेर्ने हो भने नेपाल बीमा प्राधिकरण अध्यक्षहरुको एक धनी संस्था बन्न पुगेको छ । विभिन्न अनुहारका अध्यक्षहरुले एक सालमा नै कार्यभार सम्हाल्न आतुर हुँदै अध्यक्षका नेम लिस्ट भरिभराउ गर्न पुगेका हुन् ।
ठीक यही अवस्थामा थोरै बीमा चेतनाको स्तर पनि हेर्ने पर्ने हुन्छ । बीमितहरुले बीमा प्रति राख्ने बुझाई, उनीहरुको धारणा र बीमित सन्तुष्टि मापन गर्न समेत नियामक निकाय क्रियाशिल हुनुपर्ने देखिन्छ ।
कारण, बीमा आफैमा व्यवसायीक र सेवा मुलक गरी २ धारलाई आत्मसाथ गरि चल्ने पेशा हो । यसमा बीमा प्राधिकरणको अध्यक्ष जस्तो पदमा स्थिरता नरहने परिपाटी कायम हुँदा त्यसले समग्र बीमा उद्योगको कामकारबाहीमा प्रभाव पर्ने देखिन्छ ।
अहिले बीमा बजारले धेरै वटा नयाँ नीतिहरु समेत अपनाएको अवस्था छ । यस्तो बेलामा केही समय यता या भनौ एउटा अध्यक्षले खाने ४ वर्षे कार्यकालमा समेत धेरै परिवर्तनहरु भएका छन् ।
पुनर्बीमा कम्पनीहरु एकबाट २ वटासम्म बनेका छन्। सरकारी स्वामित्वको कम्पनीसँगै अर्को नीजि स्वामित्वको पुनर्बीमा कम्पनी खडा गरिएको छ।
जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले मर्जर गएका छन् । अधिकांश कम्पनीहरुको चुक्तापुँजीको समायोजन अझै भएको छैन ।
लघु बीमातर्फ जीवन र निर्जीवन बीमा कम्पनीहरु खडा गरिएका छन् ।
बीमा कम्पनीहरु सधैं नयाँ प्रोडक्टको खोजी र लगानीको दायरा बिस्तारका लागि गुहार मागि रहेका छन् ।
नियामकीय दायराले न त डण्डा चलाएर आक्रमक व्यवसाय बिस्तार गर्दै बीमालाई बैंकको तुलनासम्म पुर्याउन सकेको छ न त उदार रुपमा समाज सेवामा बीमा कम्पनी र नियामक एक भएका छन् । वास्तविक धरातलमा टेकेर सुशासनयुक्त बजार निर्माण सधैंको खाँचो बनेको छ ।
बीमा कम्पनीहरुले अर्बो रुपैयाँ भुक्तानी गरि रहेको बेलामा बीमा प्राधिकरणमा उजूरीका चांग पनि खप्टिरहेको अवस्था छ ।
बीमा प्राधिकरण पक्षले पनि आफूले जित्ने र बीमा कम्पनीले हार्ने मुद्धाहरुमा प्राय बाहिर निकाल्ने गरेको पाइन्छ ।
कतिपय बीमा कम्पनीका सिनियर सीईओहरु, पुराना चार्टड एकान्टेटहरु लामो समय यस उद्योगमा काम गरे पनि अन्तिममा निशास भएका झोला बोकेर घर फर्किनु पर्ने बाध्यता कायमै छ ।
अन्य उद्योगमा र राजनैतीक रुपमा हुने चलखेलको शिकारमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाली बीमा क्षेत्र पनि जानिदो नजानिदो रुपमा मुछिन् बाध्य छ ।
सबैं भन्दा पहिला बीमा बुझेका व्यक्तीलाई बीमा क्षेत्रको नियमनमा राख्ने र बुझेका व्यक्तीहरुले त्यसको सहि नियमन गर्नु पर्ने माग समेत यही उद्योगबाट उठेको छ ।
बीमा कम्पनीहरुमा गरिने स्थलगत र अनलाइनका निरीक्षणहरु समेत नतिजामुखी हुनुपर्ने र कसैलाई काखा कसैलाई पाखा लगाउनु हिसाबले कसैले कहिल्यै काम गर्न नहुने देखिन्छ ।
यद्यपी बीमा क्षेत्रको क,खबाट सुरु गरेर यस उद्योगलाई एउटा सुन्दर कविता बनाउन समेत मेहनत गर्ने कतिपय खेलाडीहरु यही र हाल जिवित नै रहेको अवस्था छ ।
अब बीमा क्षेत्रमा आउने नयाँ नेत्तृत्वले यस्ता कुराहरुलाई ख्यालमा राखेर भोलिको दिनमा सरकारबाट प्राप्त हुने आफ्ना टार्गेट समेत भेट्टाउन सक्नु पर्नेछ ।
मात्रै २ वटा कुरा एक बजारीकरण जोडिएको विषयमा बजारको अध्ययन आवश्यक छ । बजारको नयाँ माग र भावनाका लयलाई समात्नै पर्छ ।
अर्को कडाई गर्ने शिलशिलामा बजारलाई थप विकास गर्ने हो कि वा भएको बजारमा पूर्ण रुपमा भत्काएर भेरी भोलिपल्टबाट रिर्फम गर्ने जुट्ने हो त्यसमा क्लियर हुन अति जरुरी छ । कारण, हाइलेवलाबाट हुने एक निर्णयको धक्काले कुनै पनि कम्पनी उद्योगमा एकातर्फ नयाँ सिर्जनाको अवसर दिन्छ भने अर्को तर्फ त्यसले कायम रहेका व्यवसायीक रणनीतिमा समेत ठूलो फेरबदल ल्याउँन सक्छ ।
सैलुनमा कैची चल्नै पर्छ तर कैंचीले केस मिलाओस्, व्यक्तीलाई थप सुन्दर बनाओस् नकि व्यक्तीरुपी कुनै पनि संस्थाहरुलाई ठुटे नबनाओस्, कुरुप नबनाओस् ।
पाँच अध्यक्षको लडाई खेपेको नेपाली बीमा क्षेत्र एउटा सुन्दर बगैंचा बनोस् । यसमा रहेका हरेक फुल बास्ना आउन् । मालि, फुल, कर्मचारी को छ भन्ने भन्दा पनि बगैंचा सुन्दर होस्, मग्मगाओस् ।
विजया दशमीको समग्र नेपाली बीमा क्षेत्र लगायत सबैमा हार्दिक शुभकामना ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स)