अमेरिकामा राष्ट्रपति पूर्व हुँदैनन् !
काठमाडौं । संसारमा आफ्नो कार्यभार सम्हालेर पदबाट बाहिरिएका राष्ट्रपतिलाई पूर्व राष्ट्रपति, (भूतपूर्व प्रेजिडेण्ट) आदि नामले सम्बोधन गर्ने भए पनि अमेरिकामा भने फरक शैली प्रचलनमा छ। हालसम्म अमेरिकीहरूले अपनाउँदै आएको चलन अनुसार त्यहाँका कुनै पनि राष्ट्रपतिलाई पूर्व राष्ट्रपति सम्बोधन गरिँदैन।
संविधानले नै हरेक तहको अधिकार निश्चित गरेको अमेरिकाका बहालवाला राष्ट्रपतिले समेत आफू भन्दा अघिका राष्ट्रपतिलाई पूर्व सम्बोधन गर्दैनन्।
एक जना राजनीतिशास्त्रीले बीमा दर्पण डटकमसँग भने,‘अमेरिकामा राष्ट्रपतिलाई पूर्व राष्ट्रपतिको नामको सम्बोधन नगरिने मात्र होइन कुनै पनि राष्ट्रपतिको नाम लेख्दा कहिल्यै पनि उनलाई पूर्व राष्ट्रपति लेखिँदैन।’ उनले उदाहरण दिँदै भने,अब डोनाल्ड ट्रम्पले यस अघिका बाराक ओबामा, बाइडेनलाई एउटै कार्यक्रममा फेला पारेर सम्बोधन गर्नु परेमा पनि ट्रम्पले समेत प्रजिडेण्ट ओबामा भनी सम्बोधन गर्छन्। त्यसै गरी त्यही सभामा अमेरिकाका राष्ट्रपतिको कार्यकाल सकेका ओबामाले समेत प्रेजिडेण्ट बाइडेन भन्छन्। हाम्रो देशमा अहिलेका राष्ट्रपतिले विद्या देवी भण्डारी वा रामवरण यादवलाई पूर्व राष्ट्रपति भनेर सम्बोधन गर्न, बोलाउने वा लेख्ने चलन छ।
नेपालमा होस् वा जहाँ कुनै पनि देशमा तपाई हामीले हेर्ने हो भने मर्यादाक्रमलाई नै ख्यालमा राखेर राजनीतिक प्रक्रिया अघि बढाइएको हुन्छ । अमेरिकाले मात्रै अपनाएको फरक शैलीको राष्ट्रपति सम्बोधनकै विषय पनि राजनीतिशास्त्रमा चासो राख्नेहरूका लागि नौलो एवम् रोचक विषय हुने गरेको छ ।