
पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा बन्यो तीन सदस्यीय छानबिन आयोग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले तीन सदस्यीय छानबिन आयोग गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय छानबिन आयोग गठन गरेको हो ।
आयोगको सदस्य नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । आयोगलाई तीन महिनाको समय दिइएको छ ।


