


पहिरोले अस्तव्यस्त मुग्लिन-नारायणगढ सडक आज पनि रातभर नखुल्ने




काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–नारायणगढ सडकखण्ड हिजोदेखि पहिरोको कारण अवरुद्ध छ । लामो समयदेखि आवगमन ठप्प भएको सोही राजमार्ग आज समेत रातभर नखुल्ने भएको हो।
नजिकीदै गरेको हिन्दु नेपालीहरुको महान चाड बडा दशैंको मुखमा राजधानीबाट बाहिरीने देशको मुख्य नाकामा समस्या देखिएको छ । ढिलो वर्षा सुरु हुनु र पहिरोले बाटो छेक्दा उक्त सडकको आवागमनमा बाधा सिर्जना भएको हो ।
यद्यपी सो सडकमा बिरामी नागरिक, सुत्केरी महिला बोक्ने गाडी, प्रहरी र दमकलदेखि कुनै पनि अत्यावश्यक साधानहरु चल्ने भए पनि प्राकृतिक अवरोधका कारण देशका विभिन्न नागरिकहरुले ठूलो मार खेप्नु परेको छ ।
सडक संरचनाको यस्तो कहालिलाग्दो अवस्था र अनाहकमा नागरिकहरुले मार खेप्नु पर्ने नेपाली समाजको पुरानै बध्यता हो । यद्यपी यसमा भोलि बिहानबाटै सम्बन्धित निकायहरुले सडक खुला गरेर सवारी साधान चलाउने प्रयत्न हुने बताइरहेका छन् ।
सडकमा लेदो र माटो थुप्रिदा दुईतर्फी रुपमा नै सवारी आवागन रोक्का हुन पुगेको छ । तर, कुनबेला सो सडक खुला हुन्छ ? भन्ने तत्कालै अनुमान गर्न सकिने अवस्था छैन ।