


जेनजी आन्दोलनमा प्रहरीहरुको ३४६ सवारी जल्दा दैनिक कार्य सम्हाल्न समेत कठिन




काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका सवारी साधनतर्फ ठूलो क्षति भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामै मात्र प्रहरीका ३४६ सवारी साधन जलेको पाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार क्षतिको सूचीमा चारपांग्रे हेभी सवारी २४, चारपांग्रे लाइट गाडी १०४ र दुईपांग्रे मोटरसाइकल २१८ रहेका छन्।
ठूलो संख्यामा सवारी साधन जलेका कारण दैनिक पुलिसिङ कार्य र नियमित ड्युटीमा असर परेको प्रहरीको भनाइ छ। यसबीच केही संस्थाहरूले प्रहरी चौकी तथा बिटहरूलाई सहयोगस्वरूप मोटरसाइकल हस्तान्तरण गर्न थालेका छन्।