

दशैंको मुखमा ठूलो नोक्सानी व्यहोरेको भाटभटेनीले कर्मचारी कटौती नगरी दशैं बोनस दिने




काठमाडौं । जेन्जी आन्दोलनको प्रत्यक्ष प्रभाव खेपेको भाटभटेनी सुपरमार्केटले कर्मचारीहरुको संख्या कटौती नगर्ने भएको छ। त्यसरी उसका ठूला महलमा क्षती, सर सामाग्री तोडफोडदेखि लुटपाट समेत भएको बेलामा भाटभटेनीले उदार कदम चाल्ने भएको हो ।
गत साता मात्रै एकसाथ भाटभटेनीका १२ भन्दा बढी भवनमा क्षती पुग्दा त्यसको धक्का कार्यरत १० हजार कर्मचारीहरुलाई पुगेको छ। राज्यलाई वर्षौनी मोटो रकमको कर बुझाउँदै आएको सोही भाटभटेनीले हिन्दु नेपालीहरुको महान चाड विजय दशमीको भत्ता नरोक्नेदेखि आफ्ना कुनै पनि कर्मचारीहरुले जागिर छोड्नु पर्ने बताएको हो ।
अहिले भाटभटेनी सुपर मार्केटका समेत अध्यक्ष रहेका मीनबहादुर गुरुङ यस अघि समेत आफूले निकै मेहनत गरेर व्यवसाय वृद्धि गरेको सुनाउने गर्थे ।
उनी एक सरल व्यवसायी हुन भने जो कोही व्यक्तीलाई आफ्नो समयको सहि सदुपयोग गर्न, जीवनमा मेहनत गर्न तथा मिलेसम्म व्यापार व्यवसाय गर्न समेत उनै गुरुङले सुझाव दिने गरेका छन् ।
आफ्नो ठूलो उद्योगमा जोडिएका हजारौं नेपालीहरुको घर परिवारमा खुशी, समृद्धि छाओस् भन्ने उनको यस कदमले पछिल्लो समय चौतर्फी चर्चा समेत कमाई रहेको छ ।
यसअघि समेत गत वर्ष चैत १५ गतेको आन्दोलनको शिकारमा केही भाटभटेनी स्टोरमा तोडफोड हुन पुगेको थियो ।