

पुँजी बजारको विसङ्गति र समस्याको अध्ययन गर्न बन्यो कार्यदल




काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसङ्गति तथा समस्या पहिचानको लागि कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि गर्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको ठोस योजनासहित पाँच दिन भित्र सुझाव पेस गर्न निर्देशन दिँदै ४ सदस्य कार्यदल गठन गरेको हो ।
अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ३ सदस्य सहितको कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।