

अरुण काबेलीले आज साधारणसभा गर्दै




काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आज १५औं वार्षिक साधारणसभा बोलाएको छ । सोही कम्पनीको सभा होटल क्रिष्टल पशुपति, पिंगलास्थान, गौशालामा बिहान ११ बजे बस्ने भएको हो।
यता, सभाबाट हाल कायम चुक्ता पुँजीको १ः ०.५० को अनुपातमा १० कित्ताबराबर नयाँ ५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ भने कम्पनीका संस्थापक शेयरका लगानी अनुमोदन, अन्य लगानीका लागि स्वीकृति प्रदान गर्ने, लगायतका अख्तियारी प्रदान गरिने छ।
सोही सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते १ दिन बुक क्लोज गर्ने भएको छ भने भदौ २४ गतेसम्म नेप्सेमा कायम रहने शेयरधनीले हकप्रदमा आवेदन दिनुका साथै सभामा पनि उपस्थित हुन पाउने कम्पनीले जनाएको हो ।