

एनआईसी एशियाबाट सीईओ न्यौपानेले राजीनामा दिएसँगै डीसीईओ राठी बने कामु सीईओ




काठमाडौं । गत वर्ष आर्थिक वर्षको माघ महिनामा एउटा खबरले तहल्का पिट्यो । त्यस्तो विषय एनआईशी एशियाबाट सीईओ बाहिरीदै छन् भन्ने नै हो ।
तर, ठण्डीले माहोल चिस्याइरहेको बेलामा कुनै एक बैंक भित्र के भएको हो भन्ने विषयले कौतुहलता समेत जगयो ।
अहिले परिस्थिती केही फरक बनेको छ । यता, एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ रोशन न्यौपानेले यस पटक भने साच्चैको राजीनामा बुझाएका छन् ।
उनले राजीनामा दिएसँगै रिक्त रहेको सीईओको जिम्मेवारी सम्हाल्न कामू सीईओमा भने सन्तोष राठीले जिम्मेवारी पाएका छन् । राठी सोही बैकका डीसीईओको जिम्मेवारीमा रहेका व्यक्ती समेत हुन् ।
नेपाली बैंकिंग क्षेत्रमा कान्छा सीईओका रुपमा उदायका न्यौपाने २०७९ कात्तिकमा चार बर्षका लागि दोस्रो पटक सीईओमा नियुक्त हुन पुगे ।
सम्भवत उनी सबै बैंकको तुलनामा कान्छो सीईओ भए पनि वा नभए पनि सत्य चाही के हो भने उनले आफ्नो उमेरको ३ दशक हाराहारीमा नै ठूलो बैंकको नेत्तृत्व लिने शासाह लिदा त्यसले पक्कै पनि ठूलो चर्चा कमाएको थियो ।
शालिन एवम् मृदुभाषी न्यौपानेको स्वास्थ्य स्थिती केही असामान्य बन्दा उनले पदरभारबाट बाहिरीएको समेत बुझिएको छ ।