

उद्योग वाणिज्य महासंघद्वारा क्षतिगत संरचना अवलोकन




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा निजी क्षेत्रका भौतिक संरचनामा भएको क्षतिको स्थलगत निरीक्षण गरेको छ ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलीले काठमाडौंस्थित होटल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा गु्रप र भाटभटेनी सुपरमार्केट तथा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा महासंघका अध्यक्ष ढकालले निजी लगानी सुरक्षित हुन सक्ने वातावरण निर्माण गर्नु आजको प्राथमिकता रहेको र लगानीकर्तामा विश्वास जगाउन राज्यको दायित्व भएको बताए ।
आन्दोलनका क्रममा निजी सम्पत्तिमा आक्रण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पर्ने बताउँदै अध्यक्ष ढकालले शान्ति र सुरक्षाको वातावरण कायम राख्न सरकार, नागरिक समाज, र सबै सरोकारवालाहरूलाई आग्रह गरे ।