

भोलिदेखि सेयर बजार खुल्ने




काठमाडौँ । नयाँ यूवा पुस्ताहरुको समूह जेन्जीहरुले गरेको आन्दोलनको प्रभावबाट सेयर बजार पछिल्लो एक हप्तादेखि बन्द छ । अहिले त्यस्तो आन्दोलन रोक्किएर जन-जीवन सामान्य बनेसँगै भोलिबाट असोज २ गतेदेखि सेयर बजार खुल्ने भएको हो ।
दैनिक मोटो रकमको कारोबार हुने सेयर बजार हुँदा यसको प्रत्यक्ष प्रभाव धेरै लगानीकर्ताहरुमा परेको छ । तर, पनि साना-ठुला हल्लाले समेत लगानीकर्ताहरुको मनोबल र लगानी क्षमतामा प्रभाव पर्ने हुँदा यस पटक सेयर बजार लामो समय बन्द हुन पुग्यो ।
यसरी बजारमा कारोबार रोक्न केही लगानीकर्ताहरु नै सकारात्मक देखिएका थिए । त्यसको कारण भनेको ठूलो धन जन र राष्ट्रिय सम्पत्तीहरुमा एक साथ आक्रमण भएको बेलामा सेयर कारोबार केही दिनकालागि स्थगित गरिएको थियो ।
अहिले भने पर्ख र हेरको अवस्थामा रहेका लागानीकर्ताहरुको भोलिाबट सेयर बजार खुल्ने सुनाएका छन् । अहिले देशले नयाँ अर्थमन्त्री पाएको बेलामा उनीहरुले यस पटक भने सेयर बजारमा समेत केही नयाँ आशा, भरोसा पलाएको सुनाउँन थालेका छन् ।
यद्यपी नयाँ अर्थमन्त्रीबाट हुने दिशानिर्देश र त्यसले सेयर बजारका ठूला साना लगानीकर्ताहरुमा पार्ने प्रभावलाई आँकलन गर्न केही समय भने धैर्य गर्नु पर्नेछ ।