

बागमती प्रदेशका सभामुख पाठकद्धारा राजीनामा




काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्।
जेन–जी आन्दोलनका क्रममा भएको दमनपछि पदमा रहिरहनु अनुचित ठानेको भन्दै उनले उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत लिखित राजीनामा पत्र बुझाएका हुन्।
पाठकले यसअघि भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए। तर, कानुनी प्रक्रिया पूरा गर्न केही दिन लागेको हो।