

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड बिहीबार हुने गरिने




काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ असोज २ गते अर्थात बिहीबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलको अनुसार बिहीबार बिहान ९ः३० बजे आईपीओ बाँडफाँड हुने भएको हो ।
कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म आम सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। यो आईपीओ १ लाख ७० हजार १ सय ५० जनालाई मात्र पर्ने छ।