

खानी खोला हाइड्रोपावरको हकप्रद शेयरको आवेदन अवधि थपियो




काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन अवधि पुनः थप गरेको छ। कम्पनीको १०० प्रतिशत हकप्रद शेयरमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ।
यस अघि कम्पनीले भदौ ३१ गतेसम्म म्याद थप गरेको थियो। हाल देशमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै अन्तिम पटकलाई असोज ५ गतेसम्म अवधि थप गरेको कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गरेका छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।