
विगतको जस्तै छतबाट टियर ग्यास हान्दा जेनजीले फुटाइदिए घर

काठमाडौं। सरकार र प्रशासनिक तहबाट कडाईको कदम चालिसकेको बेलामा पनि जेनजीले एक घरमाथि तोडफोड गरेका छन् । उनीहरुले घरको छतबाट टियर ग्यास प्रहार भएसँगै सिधै घरमा नै आक्रमण गरेका हुन् ।
केही दिन अघि मात्रै सरकारले फेसबुक लगायतका सामाजिक सञ्जालले करको दायरामा नआएको भन्दै विभिन्न सामाजिक संजालमा प्रतिबन्ध लगायो । सोही प्रतिबन्धसँगै २८ वर्ष मुनिका युवाहरुले अहिले राजधानी काठमाडौं लगायत देशमा मुख्य शहरहरुमा प्रदर्शन र विरोध गरि रहेका छन् ।
बिना कुनै नेत्तृत्व, स्वत स्र्फुत रुपमा जागेका यूवाहरुले विरोध गर्ने क्रममा एक घरमा तोडफोड गरेको अवस्था छ ।
अधिकांश आन्दोलनहरुको इतिहास हेर्दा छतमा बसेर भूइका आन्दोलनकारीहरु माथि नियन्त्रण गर्ने अभ्यास विगतमा पनि हुँदै आएको पाइन्छ ।


