
जेनजीको आन्दोलनमा गोली लागेर एक जनाको मृत्यु सयौं घाइते

काठमाडौं । जेनजीको आन्दोलनमा प्रहरीले हानेको गोलीाबट एक जना घाइतेको मृत्यु भएको छ ।
उनलाई प्रहरीको गोली लागेर घाइते भएपछि नयाँबानेश्वर स्थित सिभिल अस्पतालमा उपचार गराउन लगिएको थियो । सोही क्रममा एकजनाको मृत्यु भएको जनाइएको हो ।
यता, सिभिल अस्पतालका अनुसार मृत्यु हुनेको परिचय खुल्न नसकेको बेलामा आन्दोलनका क्रममा घाइते भएका करिब सयौं जनाको उपचार सुरु गरिएको छ ।


