
नेपालको संघीय संसद भवन प्रदर्शनकारीको नियन्त्रणमा

काठमाडौं । नेपालको संघीय संसद भवन जेनजी प्रदर्शनकारीहरुले कब्जामा लिएका छन् । आज विहानदेखि सुरु भएको प्रदर्शनको क्रममा संघीय संसद भवन प्रदर्शनकारी युवाहरुले कब्जामा लिन सफल भएका हुन ।
संसदीय संसद भवनको तीन वटै गेटबाट सुरक्षाकर्मीहरुलाई पन्छाएर प्रदर्शनकारीहरुले कब्जा लिँदै भित्र प्रवेश गरिरहेका छन् । प्रदर्शनकारीहरुले संघीय सदंद भवनको मुख्य प्रवेशद्वार नै कब्जा गरेपछि अबको केहीबेरभित्रैमा युवाहरु संसद भवनभित्रै प्रवेश गर्न सक्ने देखिएको छ ।
प्रदर्शनकारीहरुले नयाँ बानेश्वरस्थित संसद भवनको गेटमा आगो समेत लगाउने प्रयास गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा १२ः३० बजेदेखि नै कर्फ्यु आदेश जारी गरेपनि आन्दोलनकारीहरुले नयाँ बानेश्वरस्थित संसद भवन छोडेका छैनन् । सरकार सुरक्षा व्यवस्था कायम गर्न पूर्ण रुपमा असफल भएको छ ।


