

फर्शुराम मरासिनी सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिसीईओमा नियुक्त




काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा फर्शुराम मरासिनी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको भाद्र १८ गते बसेको वैठकको निर्णयानुसार मरासिनीलाई शुक्रबारदेखि लागु हुनेगरी डिसीईओ पदमा नियुक्त गरिएको हो ।
कम्पनीका अनुसार मरासिनीलाई भदौ १९ गते देखि लागु हुने गरी ४ वर्षको लागि नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । मरासिनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा नायब महाप्रन्धकको जिम्मेवारीमा विगत ८ वर्ष देखि कार्यरत रहेका थिए । जीवन बीमा क्षेत्रमा उनको लामो अनुभव र नयाँ जिम्मेवारीले कम्पनीलाई अझ उचाईमा पुर्याउन महत्वपुर्ण योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ ।