


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर




काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा तोकिएको छ ।