
ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) द्वारा सिटिजन्स क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । आज एक समारोह बीच ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट) र सिटिजन्स क्यापिटल लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक श्री रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड) को प्राथमिक शेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । उक्त समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता श्री विष्णु मोर को उपस्थिती रहेको थियो ।
सन् २०२३ को चौथो त्रैमासिक देखि संचालनमा आएको दुसित थानी हिमालयन रिर्सोट काभ्रेपलाञ्चोक स्थित पात्लेखेत, धुलिखेलमा अवस्थित legendary Thai hotel brand Dusit International को flagship luxury रिसोर्ट हो। हिमालय र उपत्यकाको मनोरम दृश्यहरू सहितको पहाडको शिरमा रहेको दुसित थानी हिमालयन रिर्सोट अन्तरास्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा निर्मित छ । नेपालको पर्यटन क्षेत्रको विकासको यात्रामा “unique high-value integrated resort”को रूपमा दुसित थानी हिमालयन रिर्सोट कोशे-ढुंगा स्वरुप स्थापित छ । राष्ट्रको “high-value tourism” लक्ष्य प्राप्तिको लागि रिर्सोटले उत्प्रेरकको रूपमा काम गर्ने लक्ष्य राखेको छ ।
अन्तराष्ट्रिय hospitality chain (आतिथ्य शृङ्खला) ब्राण्ड दुसित थानीले नेपाल सहित विभिन्न १८ वटा देशमा आतिथ्य सेवा प्रदान गर्दै आईरहेको छ र नेपालमा दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड) ले यसको प्रतिनिधित्व गरेको छ । राजधानी काठमाडौंबाट करिब ३८ कि.मि.मा रहेको दुसित थानी हिमालयन रिर्सोटमा शान्तपूर्ण तथा रमणीय वातावरणमा विभिन्न संघ–संस्थाहरुले आफ्नो सम्मेलन, सेमिनार तथा कार्यक्रमहरु पनि गर्ने गरेका छन् ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श (Financial Advisory), लगानी व्यवस्थापन (PMS) र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष श्री राजेन्द्र लाल श्रेष्ठ तथा ऋभ्इ सबिर बादे श्रेष्ठ रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंक र कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।


