

राताम्य पुँजी बजारः बजारसँगै कारोबार रकममा गिरावट




काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको करिब १ घन्टा पछि घट्न थालेको बजार अन्तिम समयसम्म कायमै रहेको छ ।
बजारमा निरन्तर आएको गिरावट अन्तिम समयसम्म कायमै रह्यो । बजार १९.८९ अंकले घटेर परिसूचक २७४१.९७ बिन्दु कायम भएको छ । ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार सूचकसँगै कारोबार रकम समेत घटेको छ । २९ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको मूल्य घटेको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । कारोबारमा हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।