

बाँडफाँड गरियो झापा इनर्जीको आईपीओ




काठमाडौं । झापा इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३८ लाख १ हजार ९०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गरेको थियो।
आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि साउन १४ देखि १८ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो।
उक्त अवधिभर रीतपूर्वक आवेदन दिएकाहरूलाई भदौ ९ गते बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो। आईपीओको नतिजा अनलाइनबाट हेर्न सकिने कम्पनीले जानकारी दिएको छ।
यससँगै अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।