

राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालिम सञ्चालन गर्दै




काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी अभिकर्ता तालिम सम्बन्धि जानकारी दिएको हो ।
कम्पनीका अनुसार नारायणगढमा यही भदौ १८ गतेदेखि २० गतेसम्म उक्त तालिम सञ्चालन हुने भएको छ । साथै ईटहरीमा असोज २ गतेदेखि ४ गतेसम्म तालिम सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ ।
उक्त तालिममा सहभागी हुनका लागि शुल्क प्रतिव्यक्ति पाँच सय रुपैयाँ लाग्ने भएको छ । साथै नेपाली नागरिताको प्रतिलिपी, प्लस टु उत्तिर्ण गरेको योग्यताको प्रतिलिपी, हालसालै खिचेको फोटो र प्यान कार्ड लगायतका कागजात आवश्यक पर्ने कम्पनीले जनाएको छ ।