

भेन्चर हायर पर्चेजले आईपीओ निष्काशन गर्ने




काठमाडौं । आईएमई ग्रुपद्धारा संचालित भेन्चर हायर पर्चेज लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित भदौ २७ गते बार्षिक साधारण सभा गर्ने भएको छ । सभा पानीपोखरी काठमाडौमा हुनेछ ।
कम्पनीले सभामा गत आर्थिक बर्षको नाफाबाट लाभांश दिने, प्रबन्धपत्र र नियमावली संसोधन गर्ने सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव लैजाने जनाएको छ । सभाले उक्त प्रस्ताव स्वीकृत गरेपछि कम्पनीले आईपीओ निष्कासन गर्ने छ ।