

प्रधानमन्त्री ओलीले अनावरण गरेको बीवाईडी एट्टो २ को कति पर्छ मूल्य




काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनीको आधिकारिक वितरक साइमेक्स इंकले अल–न्यु बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ ।
नेपालकै सबैको पहुँचयोग्य अर्थात सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको सो ईभीलाई नाडा अटो शो २०२५ मा सार्वजनिक गरिएको हो । समारोह प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एमबेसडर हरिबंश आचार्यले सार्वजिनक गरे ।
बीवाईडी एट्टो २ ले सहज र सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुने र सडकमा एसयूभीका साथ उपस्थित हुन चाहने युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्याण्डलिङ र एसयूभीको व्यवहारिकता संयोजन गरेको छ । यसमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ, जसले गर्दा यो गाडीले कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठूलो कारको अनुभूति दिलाउँछ ।
बीवाईडी एट्टो २ हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश छ ।
कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बीवाईडी एट्टो २ मा दमदार एसयूभीको सुविधा उपलब्ध छ । ४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाई, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेस सहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकोले यो शहर तथा शहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त छ ।
बीवाईडी एट्टो २ मा ५१.१३ किलोवाटको ब्लेड ब्याट्री छ । जसले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ । यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन्छ ।
यसमा भएको डायनामिक एक्स्टेरियर डिजाइनमा फुल एलईडी हेडलाइट, एलईडी डे टाइम रनिङ लाइट, फ्लोटिङ रूफलाइन र एलईडी टेललाइट बार समावेश छ। यसकारण नै यो गाडी सडकमा बोल्ड र युथफुल देखिन्छ । पछाडि पुरै फैलिएको लाइट बारको माथि रहेको आकर्षक रूफ स्पोइलर अंग्रेजी नम्बर ८ जस्तै देखिन्छ र ‘मोबियस इन्फिनिटी रिङ’ ले असीमित शुभकामनाको प्रतीकको झलक दिन्छ ।
बीवाईडी एट्टो २ को भित्र रहेको सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, ६–वे पावर ड्राइभर सिट र ४–वे पावर प्यासेन्जर सिटले स्टाइल र व्यावहारिकताको संयोजन गराएको छ । फ्ल्याट ईभी फ्लोर डिजाइन र ६०/४० तरिकाले स्प्लिट गर्न सकिने रियर सिटले अतिरिक्त सामान राख्न मिल्ने गरी कार्गो फ्लेक्जिबिलिटीको सुविधा दिन्छ ।
बीवाईडी एट्टो २ मा उपलब्ध १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो, ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङ जस्ता फिचरले प्रविधि अनुभवलाई केन्द्रमा राखेको छ ।
नयाँ बीवाईडी एट्टो २ बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री तथा एड्भान्स्ड सेल–टु–बडी (सीटीबी) निर्माण प्रविधिका साथ आउँछ । जसले सुधारिएको स्पेस, एफिसियन्सी, बडी रिजिडिटी र प्यासेन्जर सेफ्टीका लागि ब्याट्री प्याकलाई सिधै च्यासिसमा एकीकृत गर्छ ।
कोबाल्ट र निकेलमुक्त ब्लेड ब्याट्रीमा लिथियम आइरन फस्फेट (एलएफपी) रसायनको प्रयोग हुन्छ र यो लामो समय सम्म टिकाउ, दीर्घकाल सम्म प्रयोग गर्न सकिने र उच्च तापक्रममा पनि उपयुक्त हुन्छ । यी सबैका लागि यो ब्याट्रीले उद्योगकै कडा नेल पेनेट्रेसन टेस्ट सफलतापूर्वक पास गरिसकेको छ।
साइमेक्स इंकले बीवाईडी एट्टो २ को एक भेरिएन्ट मात्र उपलब्ध गराएको छ । यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । जसमा ७ किलोवाटको वाल चार्जर पनि समावेश छ । यस वाहेक नाडा अटो शो २०२५ मा बुकिङ गर्ने ग्राहकहरूले निःशुल्क १ वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको वारेन्टी, निःशुल्क एसेसरिज प्याकेज, निःशुल्क १० वर्ष सम्म बीवाईडी एप कनक्टिभिटी पाउनेछन् ।
साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाईडी एट्टो २ सँगै अझै बढी नेपालीका बिचमा एसयूभीको स्वामित्व पुर्याउन सक्षम हुने अपेक्षा बताइन् । वाईडी एट्टो २ चार आकर्षक कलर अप्सन ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइटमा उपलब्ध छ ।