
९ बैंकले घोषणा गरे लाभांश



काठमाडौं । नौ वटा बैंकहरुले लाभांश घोषणा गरेका छन् । सो घोषणा गर्नेको मध्ये ७ वटा वाणिज्य बैंक हुन् भने २ वटा विकास बैंक रहेका छन् ।
त्यसरी लाभांश वितरण गर्ने वाणिज्य बैंकहरुमा नबिल बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन बैंक, एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । यता विकास बैंकतर्फ भने कामना सेवा र शाइन रेसुंगाले लाभांश घोषणा गरेका छन् ।
साथै, प्राइम कमर्सियल बैंकले आर्थिक वर्षको २०८०।८१ को लागि गएको आर्थिक वर्षको नाफाबाट अहिले कायम चुक्तापुँजीको ५ प्रतिशत नगद, करसहित लाभांश वितरण गर्ने भएको हो।
बैंकले सेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ । बैंकले बुक क्लोज मिति भने तय गरेको छैन । ग्लोबल आइएमई बैंकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ५.५ प्रतिशत बोनस सेयरमात्रै दिने घोषणा गरेको छ ।

