

नाडा अटो शोको १७औं संस्करणमा प्रधानमन्त्री ओलीद्गवारा फ्लाइङ कारको अनावरण




काठमाडौं । १७औं संस्करणको नाडा अटो शो काठमाडौंको भृकुटीमण्डपमा राखिएको फ्लाइङ कारको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेका छन् । अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पहिलोपटक भित्रियको फ्लाइङ कारको अनावरण गरे ।
यसैगरी, उक्त शोमा बोल्दै प्रधानमन्त्री ओलीले प्रविधिमा छिटो प्रगति गर्नेले नै प्रतिस्पर्धामा जित्ने बताएका छन् । मंगलबार काठमाडौंस्थित भृकुटीमण्डपमा नाडा अटो शो, २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले व्यवसायीमैत्री नीति लिएको बताए ।
सरकारको नीति मुलुकलाई अग्रगमनको यात्रामा अघि बढाउन सहयोग पुग्ने खालको रहेको ओलीको दाबी छ । उनले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरिरहेको सरकारले पूर्व–पश्चिम रेलमार्गको तयारी अघि बढाएको बताए । उनले अब पहाडमा सिंगल लेन सडक निर्माण नगरी गुणस्तरीय र दिगो सडक संरचना बनाउन सरकार लागिपरेको बताए ।