एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा समायोजन
काठमाडौं । एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार हकप्रद शेयर निष्काशनका लागि इन्स्योरेन्सले बुकक्लोज गर्दै शेयरमूल्य समायोजन भएको हो।
नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतशित हकप्रद सेयर समायोजन भएको छ भने हाल कम्पनीको शेयरमूल्य ८ सय ६२ रुपैयाँ १८ पैसा पुगेको छ।