

अप्पर स्यांगेले माइनस ७ मा रहेको इपीएस साढे ३४ बनाउन सफल




काठमाडौं । अप्पर स्यांगेले आफ्नो इपीएसमा जादुमय चमत्कार देखाउँन सफल भएको छ । अघिल्लो अवमा माइनस ७ मा रहेको उसको इपीएस यसपालि साढे ३४ माथि पुगेको हो ।
यस्तो तथ्यांकगत फेरबदल कमै जलविद्युत कम्पनीमा देखिन्छ । कम्पनीको नेटवर्थ पर सेयर ९३.६१ रहेको छ ।
तथ्यांकगत रुपमा हेर्दा २२ करोड रुपैयाँ पेड अफ क्यापिटल भएको कम्पनीको पिई रेसियो ८१.३४ रहेको छ । आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासमा उसले ९ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गर्दै नयाँ व्यवसायीक रेकर्ड समेत कायम गरेको हो ।
सोही कम्पनीलाई नजिकबाट नियाल्नेहरुले मुख्यत यसको माइनस ७ को इपीएस ३४.६६ पुग्नुको समेच चर्चा गर्न थालेका छन् ।