

दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न




काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलमा आईपीओ बाँडफाँट भएको हओ ।
कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१० कित्ताका दरले शेयर हात पारेका छन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर हात पार्नेछन् ।
अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खालि भएको छ ।