

अनावश्यक सवारी जाममा खुशी छैनन् जनता




काठमाडौं । राजधानी काठमाडौंका विभिन्न रोडमा सवारी जाम पछिल्लो समय सामान्य जस्तै बनेको छ । तर, सोही जाम भित्र लुकेका छन् जनताका अनेकौं समस्याहरु ।
पछिल्लो समय बढ्दो सवारी चाँप, साँघुरो र पुरानो ढाँचाका रोडहरुले काठमाडौंलाई स्मार्ट सिटी बन्नमा केही बाधा गरेको पाइन्छ । अझ अचम्म त सबैभन्दा धेरै प्रहरीहरु पोषाक लाएर रोड छेउमा उभिएका हुन्छन् त्यस्तै बेलामा जनतालाई झन समस्या पर्ने गरेको पाइन्छ ।
कारण हुनसक्छ, भिआईपी सवारी । हुन त देश गणतन्त्रमा गयो भनेर हामीले गति गाला बजाए पनि, जति घोक्रो फुलाए पनि अन्तिम सत्य यही हो जनताले जामका कति धेरै निराशा भोगेका छन् ।
आज मिति २०८२ साल साउन २७ गते नै काठमाडौंमा यात्रुहरु सवार रहेका सवारीलाई रोकियो । न्यूरोड क्षेत्रबाट यात्रा गर्दै गरेको पंक्तिकारले केही दुश्य देखे । जहाँ जति बहस गरे पनि एउटै निर्षश निस्किन्छ कि सवारी चालकहरु अनावश्यक जाम खेप्दा खेप्दा यति हैरानी भएका छन् की ? उनीहरुको व्यक्त गर्ने ठाउँ छैन ।
पछिल्लो समय (नो हर्न ) ध्वनी प्रदुषणबाट टाढा राख्न गरिएका कतिपय नीतिलाई नै अनावश्यक जाम गरेको बेलामा धेरै यात्रुहरुले हर्न बजाएर समेत विरोध गरिएको सुनियो ।
व्यवस्थित शहरीकरणको नमुना अपनाउँदै सवारी चालहकहरुलाई नै सहज हुने किसिमले नयाँ आवधारणाहरु ल्याउँन आवश्यक देखिएको छ । ठूला र लामा समय हुने जामको विरोध एउटा सामान्य संकेत मात्र नभई बिनाकारण चालकहरुले थुनिएको महशुस गर्दै मागेको गुहार पनि हो ।
आगामी दिनमा सम्बन्धित निकायले सवारी जामको चाँप बढाउँदा आफ्ना पिता, माता, छोरा, छोरी वा श्रीमान, श्रीमनी नै आईसीयूमा रहेको र सोही गाढीमा आफू सवार रहेर भेट्न जाँदा थुनिएकोसम्म महशुस गर्नु पर्ने दर्दनाक अवस्था देखिएको छ । कारण, सवारी जाम आफैमा सामान्य कुरा होइन । यात्रुलाई अनुशासनमा राख्ने विधिमा कडाई गर्ने एउटा पाटो होला तर जनताको मनोभावनालाई नै आत्मसाथ गर्न सके साच्चैको न्यायपूर्ण प्रणालीको विकास, एवम् सडक सवारको मज्जा समेत जनताले लिने दिने आउने थियो की ।
(न्यूरोडबाट ५,६ किलो मिटरको यात्रा गर्दा देखिएको वास्तविकता सम्बन्धि लेखको एक अंश)
बीमा दर्पण डटकम, मिरोर अफ इन्स्योरेन्स :
मिरोर अफ सोसाइटी