

सेयर बजार राताम्मे, लगानीकर्ताको डुब्यो अर्बौं लगानी




काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो ।
मंगलबार बजार मात्रै नभएर कारोबार रकम समेत घटेको छ । बजार मापन गर्ने सूचक २६.२२ अंकले घटेर परिसूचक २७९६.२४ बिन्दु कायम भएको छ । कारोबारमा २४ कम्पनीको मूल्य बढेको छ भने २२५ कम्पनीको मूल्य घटेको छ ।
३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँको कारोबार भएको छ । कारोबारमा सबै समूहका उपसूचक राताम्मे भएको छ ।
कारोबारमा सिटी होटलको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा नेपाल रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।
कम्पनीको २६ करोड ७७ लाख ५५ हजार २९३ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन रि इन्स्योरेन्स, लुम्बिनी विकास बैंक रहेको छ ।